पूर्वमाओवादीबाट कतिजना बने एमालेको विधान महाधिवेसनमा प्रतिनिधि ?

Uml bidhan mahadhibeshan 16

काठमाडौं । शुक्रबारदेखि ललितपुरमा सुरु भएको एमाले प्रथम विधान महाधिवेशनमा पूर्व माओवादीबाट एमाले प्रवेश गरेकाहरुको सहभागीताको विषय निक्कै चासोको विषय बनेको छ ।

खासगरी विधान महाधिवेसनका लागि पहिले नै निर्देशिका बनाइएकाले एमालेको विधान महाधिवेसनमा पूर्व आमोवादीहरुको सहभागीा रहेन की भन्ने शंका उब्जिएको छ । तर यथार्थ भने त्यस्तो छैन ।

सो महाधिवेसनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् । यसरी आएका प्रतिनिधिमध्ये नेकपा माओवादी केन्द्र छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन् । १९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषदबाट २१३ जनाले सहभागिता जनाएका छन् ।

पार्टीका विभिन्न विभागबाट ३१० जना र जनसंगठनबाट २२० जना सहभागी भएका छन् भने प्रदेश कमिटीहरूबाट दुई हजार २७१ प्रतिनिधि सहभागी छन् । एमालेको उपत्यका विशेष कमिटीबाट प्रतिनिधित्व गर्दै १५८ जना सहभागी हुँदा विभिन्न सम्पर्क समन्वय कमिटीबाट ३६० जनाले सहभागिता जनाएका छन् ।

यस्तै ७७ जिल्ला कमिटीका पदाधिकारीहरू ३६४ जना प्रतिनिधि हुँदा १६५ निर्वाचन क्षेत्रबाट ४०७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । प्रवास कमिटीबाट १२६ जना सहभागी भएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीले मनोनयन गरेका ५६६ जना प्रतिनिधि सहभागी छन् । ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेश र संघका निर्वाचित ९३४ जनप्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...