एमाले नभएको भए देशमा संविधान बन्न सम्भव थिएन् : प्रदिप ज्ञवाली  

Capture630

काठमाडौं । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् ।

ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले एमालेबिना संविधानको कार्यन्वयन नहुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालमा नेकपा एमालेको अग्रणी भूमिका हुँदैन थियो भने अनेकौँ चुनौति र हस्तक्षेपलाई चिररे संविधान बन्दैन थियो ।’

आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । पार्टीमा उपमहासचिवको पद हटाएर नयाँ व्यवस्था गर्न लागेको बताइएको छ ।

नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ । एमालेको उपमहासचिवमा हाल घनश्याम भुसाल र विष्णु पौडल रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...