आजदेखि एमालेको प्रथम विधान महाधिवेसन हुँदै, मध्यान्न १२ बजे ओलीले उद्घाटन गर्ने

Godawari bidhan mahadhibesan tayari

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने एमालेले जनाएको छ । प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ ।

केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखको सहभागिता रहने छन् ।

यस्तै जनसंगठन, पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन् ।

उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

तीमध्ये ३ हजार प्रतिनिधिहरु मूल सभाहलमा रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सिट व्यवस्थापन मञ्चमा गरिएको छ । विधान महाधिवेशनको हलको मञ्चमा पदाधिकारी र स्थायी समितिहरू सदस्यलाई राखिने छ ।

यस्तै सभाहलमा तीन हजार प्रतिनिधि र हलको दायाँ–बायाँ खाली स्थानमा एक–एक हजार प्रतिनिधिहरू राखिने प्रबन्ध गरिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक एवं स्थायी कमिटी सदस्य रामबहादुर थापाले बताए । उनका अनुसार हलको दायाँ–बायाँ प्यासेजहरूको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप दुई हजार प्रतिनिधि राख्न सकिने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।

महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई बिहान ९ देखि ११ बजेसम्म खाना खुवाउने, दिउँसो ३ बजे खाजा खुवाउने तथा आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा व्यवस्थापन गरिने थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...