प्रचण्ड भन्छन्, ‘पहिले मर्न जान नपाउँदा रुने हामी अहिले मन्त्री बन्न नपाउँदा रुने भयौँ’

Prchanda ktm program

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ पुसको संसद विघटन प्रतिक्रान्तिको प्रस्थान विन्दु भएको बताएका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ ।

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने पनि बताएका छन् ।उनले ५ पुस र ७ जेठमा प्रतिनिधिसभा विघटन त्यतिमै सीमित नभएको दाबी गरे । संविधानमार्फत प्राप्त सबै उपलब्धी समाप्त पार्ने हिसाबबाट ती कदम उठाइएको उनले बताए ।

प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए । अहिले आफ्नो पार्टीका विद्यार्थी नेताहरू कम्युनिस्ट आन्दोलन र नेतृत्वका लागि तयार भइसकेको महसुस आफूलाई भएको उनले बताए ।

‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें’ प्रचण्डले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’

रुसमा ६ महिनाको अन्तरालमा सम्पन्न भएका पुँजीवादी जनवादी र समाजवादी क्रान्तिपछि पनि बुर्जुवाहरू नै सत्तामा आएको प्रसंग उनले उल्लेख गरे । जारशाहीको अन्त्य भएर क्रान्ति सम्पन्न भएको तर चाहेजसरी नभएका कारण समाजवादलाई स्थापित गर्न लेनिनले अप्रिल थेसिस लेखेको उनले उल्लेख गरे ।

२०६२–६३ को आन्दोलनबाट नेपाली जनताले पनि पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेको उनको दाबी थियो । र, अब अक्टोबर क्रान्तिको समय आएको उनको भनाइ थियो ।

पार्टीको माथिल्लो तहमा पुगेका नेताहरू बिग्रँदै गएकामा उनले असन्तुष्टि व्यक्त गरे । ‘जसलाई जति धेरै मन्त्री बनाएँ, त्यो त्यति नै पतन भयो । जनताको साथ छुट्यो, दलालसँग नाता जोडियो,’ उनले भने, ‘पहिले मर्न जान नपाउँदा रुने हामी अहिले मन्त्री बन्न नपाउँदा रुने भयौँ । आफ्नो क्रान्तिकारी विरासत बिर्सियौँ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...