शेयरमा अस्वभाविक गिरावट : ३२ अंकले घट्यो, जम्मा ३ अर्बको कारोबार

Nepse fall

काठमाडौँ । हप्ताको अन्तिम कारोबार दिन आज बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशमलव ५१ अंक अर्थात् १ दशमलव २२ प्रतिशतले घटेको छ ।

आज नेप्से ३२ अंकले घट्दै २ हजार ६३३ अंकमा पुगेको छ । २२५ ओटा धितोपत्रको ७३ लाख २१ हजार ०१४ कित्ता शेयरको ४९ हजार ८३५ पटकमा  ३ अर्ब ७० करोड २९ हजार ५०७ बराबरको शेयर खरीदविक्री भएको छ ।

समूहगत रुपमा हेर्दा यस दिन म्युचुअल फण्ड, अन्य र ब्यापार बाहेकका सबै समूह घटेका छन् । म्युचुअल फण्ड ०.०३, अन्य ४.५ र ब्यापार समूह ११८ अंकले बढेको छ।

यो दिन सर्वाधिक शेयर खरीदविक्री नेपाल बैंकको भएको छ । उक्त बैंकको रू.१२ करोड ७७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

त्यसैगरी सर्वाधिक शेयरमूल्य घट्नेमा गुडवील फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ८६ प्रतिशतले घटेको छ ।

 

प्रतिकृया दिनुहोस