किरण गजमेरलाई नेपाल आउन रोक, गृहले आखिर किन रोक्यो त ?

Kiran gajmer

काठमाडौं । सरकारले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

गजमेर असोज ११ गते कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । तर, सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको छ ।

नेपाल र अमेरिकाबीच भीषा पारस्पारिकता भएपछि पर्यटन भीषामा दुवै देशका नागरिक एकअर्को मुलुकमा १८० दिन बस्‍न पाउँछन् । अमेरिका बाहेकका अन्य मुलुकका नागरिकहरुले पर्यटक भीषामा १५० दिन मात्र नेपालमा बस्न पाउँछन् ।

गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् ।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए । भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए । संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए ।

सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउन थालेको थियो । उनी अमेरिकी नागरिक हुन् । अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस