काठमाडौंको कपनबाट ४ वर्षीय बालिकाको टहराबाटै अपहरण

Child kidnapped 12

काठमाडौं । काठमाडौंको कपनबाट ४ वर्षीय बालक पियुष शर्मा बेपत्ता भएका छन् । भारत घर भई कपन बस्दै आएका विनोद शर्माका छोरा पियुष सोमबार दिउँसो साढे ४ बजेदेखि अचानक बेपत्ता भएपछि प्रहरीले अपहरणको आशंका गरेको छ ।

बालक बेपत्ता भएको भन्दै पीडित परिवार बुढानीलकण्ठ प्रहरीमा पुगेका छन् । मिस्त्री काम गर्दै आएका विनोदका दाजु मिठु शर्माको टहराबाटै बालक बेपत्ता भएको परिवारको भनाइ छ ।
बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र उनको पहिचान समेत भइसकेको प्रहरीको दाबी छ । परिवारले जानकारी दिएलगत्तै खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

शंकरले नै अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ', प्रहरी स्रोतले भन्यो, 'शंकरले प्रयोग गर्ने मोबाइल पनि कोठामै भेटिएको छ । बुझ्दै जाँदा उनले बसपार्कमा वीरगञ्ज जाने गाडी सोधेको पत्ता लागेको छ । बाँकी हामी अनुसन्धान गर्दैछौँ ।'

अपहरणमा परेका बालक र अपहरणको आशंका गरिएका दास दुवैको घर भारतको विहारमा रहेको खुलेको छ। प्रहरी उच्च स्रोतका अनुसार अपहरणकारीले अहिलेसम्म फिरौती रकम माग गरेका छैनन् ।

'अपहरणकारीले अहिलेसम्म फिरौती नमाग्नुले कतै पारिवारिक मनमुटाव पो थियो कि भन्नेतिर हामी अनुसन्धान गरिरहेका छौुं, प्रहरी स्रोत भन्छ, 'मिठूमार्फत् नै दास मजदुरीका लागि भारतबाट काठमाडौँ आएका रहेछन् । अचानक दास गायब हुनुले अनेक प्रश्न सिर्जना भएको छ। हामी अहिले नै केही भन्न सक्ने अवस्थामा छैनौँ ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...