सेयर बजारमा ७० अंकको गिरावट, ५ अर्ब ७४ करोडको कारोबार

Share

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो । आज २.६१ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय १५.४० विन्दुमा ओर्लिएको हो ।

आज १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

यस्तै आज पनि सबै समूह घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४३१.९१ अंकले घटेको छ । मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक लगायतका केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ । कारोबार रकम भने सोमबारको भन्दा केही सुधार देखिएको छ । सोमबार ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

अघिल्ला दिनमा जस्तै मंगलबार पनि सेयर बजारमा उतारचढाब देखियो । तर, अधिकांश समय बजार ओरालो लागिरह्यो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...