दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, ६ अर्बको कारोबार

Share market ghaty

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार आज ६१ दशमलव २७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २ हजार ७ सय ५८ दशमलव ४८ को विन्दुमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ७० अंकले घटेर ५ सय १९ दशमलव ३६ को विन्दुमा झरेको छ। आज कारोबार रकम पनि साढे ६ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूह ओरालो लागेका छन् भने एउटामात्रै उकालो लागेको छ। म्युचुअल फन्ड समूहमा ० दशमलव २१ प्रतिशतले वृद्धि भएको हो ।

आज वित्त समूह सर्वाधिक ५ दशमलव ८९ प्रतिशतले ओरालो लागेको छ । जलविद्युत समूह ४ दशमलव ३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा शून्य दशमलव ९३ प्रतिशत, व्यापार समूहमा ३ दशमलव १५ प्रतिशत, होटेल तथा पर्यटन समूह २ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ ।

विकास बैंक समूहमा २ दशमलव ६९ प्रतिशत, निर्जीवन बीमा समूहमा २ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १ दशमलव ७७ प्रतिशत, अन्य समूहमा २ दशमलव ४८ प्रतिशत, लघुवित्त समूहमा २ दशमलव २९ प्रतिशत, जीवन बीमा समूहमा २ दशमलव ३७ प्रतिशत र लगानी समूहमा ३ दशमलव ३८ प्रतिशतको गिरावट आएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २ सय ३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा किनबेच भएका छन् ।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३३ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। फरवार्ड माइक्रो फाइनान्सको संस्थापक सेयरको ३१ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आज नेपाल बैंकको २१ करोड ३४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २० करोड ५८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै मेगा बैंकको १७ करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकको १७ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ७२ लाख रुपैयाँ, सानिमा बैंकको १५ करोड ७६ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरू मालामाल भए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ । आज आइसिएफसी फाइनान्सका सेयरधनीले धेरै गुमाए। यो फाइनान्सको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...