एमाले केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी, निष्कर्ष सुनाउन चुनिए १० टोली नेता

Uml 3201 32

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ । यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन् ।

सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको समूह बनाएर विधान मस्यौदा, राजनीतिक र सांगठानिक प्रस्तावमाथि छलफल भएको हो ।

समूहगत छलफलका निष्कर्ष बारे एक जना टोली नेताले बैठकमा प्रस्तुत गराउनु हुनेछ । प्रदेश - १ बाट हिक्मत कार्की, प्रदेश - २ बाट रामचन्द्र मण्डल, वागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर रानाले आ - आफ्नो समूहको निष्कर्ष पेश गर्नेछन् ।

त्यसैगरी कर्णाली प्रदेशबाट यमलाल कडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले निष्कर्ष सुनाउनेछन् ।

बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस