ईपीएल क्रिकेट : उद्घाटन खेलमा ललितपुर र काठमाडौँ खेल्दै

Epl truphi

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शुरू हुँदैछ । टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२:१५ मा शुरू हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । चौंथो संस्करणको यो प्रतियोगितामा उद्घाटन खेलमा आज साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ खेल्दैछन् ।

ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् भने सन्दीप लामिछाने कप्तान रहेको काठमाडौंमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल प्रतिस्पर्धात्मक हुनेछ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...