एमालेमा लफडा : तेस्रो धारका नेताहरुले दिए बैठक बहिष्कार गर्ने चेतावनी  

Uml meeting standing

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तेस्रो धार मानिएका नेताहरुले बैठक बहिष्कार गर्ने संकेत गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्तावमा असमानता देखाउन खोजेको भन्दै उनीहरुले बहिष्कार गर्ने संकेत गरेका हुन् ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । बैठकको सुरुमै नेता भीम रावलले १० बुँदे प्रस्तावको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको भूमिकामाथि प्रश्न उठाएका थिए ।

केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पष्ट पार्नुपर्ने तेस्रो धारका नेताहरुको माग रहेको छ । नेता भीम रावलले ओलीले असमानताको स्थिति पैदा गर्न लागेको बताएका थिए । ‘एकताको जगलाई कमजोर बनाउँदै असमान स्थिति पार्टीभित्र किन पैदा हुन खोज्दैछ ?’  रावलको प्रश्न थियो ।

त्यस्तै  भीम रावल निकटका नेता झपट रावलले पनि १०बुँदे सहमति कार्यान्वयन नगरेर अध्यक्ष केपी ओलीले पार्टीभित्र असमानताको स्थिति पैदा गरेको आरोप लगाएका थिए ।

एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । उनीहरु एमाले विभाजन हुनु भन्दा अगाडी माधवकुमार नेपालको पक्षमा उभिएका थिए तर विभाजनपछि एमाले एकता भन्दै ओलीको साथ छाडेका थिएनन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...