रुपा सुनारमाथि ‘जातीय विभेद’ गर्ने सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न अदालतको आदेश

Rupa sarswati

काठमाडौं । रुपा सुनारलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई १ लाख २५ हजार धरौटी तिर्न आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए ।

गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो ।

त्यसपछि सुनारले प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । सुनारले जाहेरी दिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो । तर, तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतको दबाबमा उनी थुनामुक्त भएकी थिइन् ।

पछि सुनारले घरबेटी प्रधानसहित तत्कालीन शिक्षमन्त्री श्रेष्ठलाई समेत विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । रुपाको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारको जाहेरीका सन्दर्भमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उनले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...