विवाहपछि के गर्दै छन् १० ‘आमा अभिनेत्री’ ?

Richa sharma

काठमाडौं । बिहे गरेपछि नायिकाको ‘फ्यान फलोइङ’ घट्छ, अझ बच्चा जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ बलिउडमा मात्रै होइन, नेपाली फिल्म क्षेत्रमा पनि व्याप्त छ ।

तर, कतिपय नायिकामा भने यो कुरा लागू भएको देखिँदैन । बिहे गरेपछि अभिनयमा सक्रिय हुने वा नहुने भन्ने निर्णय स्वयंको हो, तर बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन् ।

बिहेपछि चम्किएका, आमा बनेपछि पनि अभिनयमा सक्रिय थुप्रै नायिका छन् । कतिपय भने आमा बनेपछि अभिनयमा निस्क्रिय बनेका छन् ।

बिहेपछि चम्किएकी करिश्मा मानन्धर
कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग बिहे गरेकी करिश्माको करिअर बिहेपछि नै चम्किएको हो । ०४६ मा निर्माण भएको सन्तान फिल्मबाट अभिनय यात्रा सुरु गरेकी करिश्मा अहिले पनि फिल्म क्षेत्रमै सक्रिय छिन् । एक छोरी कविताकी आमा करिश्मालाई करिअर अघि बढाउन बिहे र सन्तानले कुनै असर गरेको देखिँदैन । आफ्नो समयमा एक से एक हिट फिल्म दिएकी करिश्माले ढुकढुकी, बाबुसाहेब र फागु गरी तीन फिल्म निर्माणसमेत गरेकी छिन् ।

नायिकाका रूपमा आफ्नो बेग्लै पहिचान कायम गरेकी करिश्माले छोरी कवितालाई पनि अभिनयमा डेब्यू गराइन्, शिव श्रेष्ठ निर्मित ‘यस्तो एउटा प्रेम कहानी’ फिल्मबाट । विडम्बना, सो फिल्मले न दर्शक पायो नसमीक्षककै नजरमा पर्‍यो ।

फिल्मको असफलताका कारण करिश्माले छोरीलाई पुनः फिल्म अभिनयमा प्रयास गराउने सम्भावना न्यून देखिएको छ । करिश्माले पछिल्लो समय गत भदौमा एउटा तीज गीत दर्शकमाझ ल्याएकी थिइन् ।

छोरी पनि झरनाकै पथमा
०५२ सालमा निर्माण भएको दाइजो फिल्ममा छोटो भूमिकामा देखिएकी झरना थापा ०५५ सालमा आफैले निर्माण गरेको धर्मसंकट फिल्मबाट नायिकाका रूपमा उदाइन् । धर्मसंकट झरना र उनका पति सुनीलकुमार थापाले निर्माण गरेका हुन् । त्यसपछि उनले गोर्खाली नामक फिल्म निर्माण गरिन् । गोर्खाली पनि हिट भयो । पहिलोपटक बाहिरी ब्यानरको जीवनसाथी फिल्ममा अभिनय गरेकी उनले त्यसपछि करिब डेढ सय फिल्ममा अभिनय गरेकी छिन् । धर्मसंकटमा अभिनय गर्नुअघि नै आमा बनेकी झरना हिरोइन मात्र होइन, निर्मात्री र निर्देशकका रूपमा समेत उत्तिकै सफल छिन् ।

सुहानाकी माता झरनाले छोरीलाई पनि फिल्म अभिनयमा ल्याइन् । ए मेरो हजुर–३ बाट हिरोइनका रूपमा डेब्यु गरेकी सुहानाको पहिलो फिल्म नै सुपरहिट भयो । अब उनी होम प्रोडक्सनकै ए मेरो हजुर–४ मा देखिँदैछिन् । आमा झरना र छोरी सुहाना, दुवै जनालाई फिल्म अभिनय निकै फापेको मान्नुपर्छ ।

आमा बनेपछि पनि सक्रिय सञ्चिता लुइँटेल
सञ्चिता भने दुई सन्तानकी आमा हुन् । ०५७ सालमा निर्माण भएको अप्सरा फिल्मबाट अभिनय करिअर सुरु गरेकी सञ्चिताले ०५८ सालमा आकाश शाहसँग प्रेम विवाह गरिन् । तर, उनीहरूको बिहे धेरै समय टिकेन ।

एक समयकी चर्चित र व्यस्त नायिकामा पर्ने सञ्चिताले पछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् । बिहेपछि केही वर्ष अभिनयको दुनियाँबाट गायब भएकी सञ्चिताका दुई सन्तान छन् । आमा बनेको केही समयपछि उनी पुनः अभिनयमा सक्रिय भइन् । उनले नाइ नभन्नू–३, शिवा, आरोप, गुञ्जनलगायतका फिल्ममा अभिनय गरिन् । उनी अहिले पनि अभिनयमै सक्रिय छिन् ।

बिहे गरेपछि हराइन् विपना थापा
एक समयकी चर्चित र व्यस्त हिरोइन विपना थापा भने बिहेपछि फिल्म अभिनयबाट हराइन् । वरमाला फिल्ममा सहायक निर्माता, भारतीय नागरिक आशुतोष भारद्वाजसँग ०६४ सालमा बिहे गरेर भारतको मथुरा बसाइ सरेकी उनी १० वर्षीया छोराकी आमा हुन् । विपना पछिल्लो समय काठमाडौं आइरहन्छिन् । उनलाई पुनः फिल्म अभिनय गर्ने चाहना छ । तर, उचित भूमिका र ब्यानरको फिल्म भएमा आफूलाई दर्शकले फेरि पर्दामा देख्न पाउने भनाइ उनको छ ।

बिहेपछि विदेशमै हरायो ऋचाको अभिनय
फिल्म सुटिङकै क्रममा निर्देशक शंकर घिमिरेको प्रेममा परेकी ऋचा घिमिरेले उनीसँग बिहे मात्र गरिनन्, निर्मात्रीसमेत बनिन् । आफूले निर्माण गरेको ब्रेकफेल फिल्म फ्लप भएपछि विरक्तिएकी उनले अर्को फिल्म तुलसी निर्माण गरिन् ।

आफैँ मुख्य हिरोइनमा अभिनित भइन् । तर, सो फिल्म हलमा रिलिज भएन । त्यसैबीच, उनी पति र एक छोराका साथ क्यानडा हुँदै अमेरिका पसिन् । आठ वर्षअघि अमेरिका पसेकी ऋचाले त्यहाँ थप दुई सन्तानलाई जन्म दिइन् । दुई छोरा र एक छोरी गरी कुल तीन सन्तानकी आमा ऋचा पतिका साथ केही साताअघि काठमाडौ आएकी थिइन् । उनले आफू भविष्यमा पुनः अभिनयमा फर्कने सोचमा रहेको बताइन् ।

अभिनयबाटै हराइन् मेलिना मानन्धर
मेलिना पनि एक छोरीकी आमा हुन् । अभिनेता मुकेश ढकालसँग प्रेम विवाह गरेकी मेलिना अचेल सपरिवार अमेरिकामा बस्छिन् । ०५१ सालमा बनेको दीपक रायमाझीको प्रियसी फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी मेलिना पुनः अभिनयमा फर्कने सम्भावना भने न्यून छ । उनले अभिनयका साथमा भिडियो फिल्म ज्वालामुखी र टेलिशृंखला करूणा निर्माणसमेत गरेकी थिइन् ।

दुलही बनेर आइन्, आमा बनेर हराइन् सुमिना घिमिरे
एक समयकी चर्चित र व्यस्त हिरोइन हुन् सुमिना घिमीरे । दुलही फिल्मबाट अभिनय यात्रा सुरु गरेकी उनले झण्डै पाँच दर्जन फिल्ममा अभिनय गरेकी छिन् । बेलाबेलामा विभिन्न विवादमा आइरहने गरेकी सुमीनाले अन्ततः फिल्म क्षेत्र नै छाडिन् । अभिनय यात्रामा विश्राम लगाएर बिहे बन्धनमा बाँधिएकी उनी पनि एक छोरीकी आमा हुन् ।

बिहेपछि नेपाली फिल्मकर्मी र फिल्म गतिविधिबाट टाढै रहेकी सुमिनाले केही महिनाअघि कोरोना प्रभावित फिल्म प्राविधिकलाई राहत वितरण गरेकी थिइन् । आफू अभिनयमा फर्किहाल्ने अवस्थामा नरहेको उनी बताउने गर्छिन् ।

सञ्जालमा भेटिने पर्दामा नदेखिने निशा अधिकारी
युवापुस्ताका हिरोइनमा चल्तीकी मानिन्थिन् निशा अधिकारी । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेपछि फिल्म क्षेत्रबाट टाढा रहेकी निशा एउटा छोराकी आमा हुन् । सामाजिक सञ्जालमा सक्रिय निशाले बिहेपछि झ्यानाकुटी नामक फिल्म निर्माण गरेकी थिइन् । उक्त फिल्मले औसत व्यापार गरेको थियो । आमा बनेपछि भने उनी अभिनयमा सक्रिय छैनन् । उनी फिल्म निर्माणलाई निरन्तरता दिन भने चाहन्छिन् ।

बेल्जियम पुगेपछि अभिनय छोडेकी गरिमा पन्त
झोला फिल्मका कारण चर्चित भएकी गरिमा पन्त बिहेपछि अभिनय कर्मबाट लुप्त भइन् । पति हरि शर्माका साथ बेल्जियम बसाइ सरेकी उनी केही महिनाअघि छोरीकी आमा बनिन् । गरिमाले पुनः अभिनय कर्मलाई अघि बढाउने सम्भावना हाललाई देखिन्न ।

अझै आश छ ऋचा शर्मालाई
फिल्म अभिनय तथा निर्माणमा समेत सक्रिय ऋचा शर्मा दुई साताअघि आमा बनिन् । डेढ वर्षअघि दीपक्ष विक्रम राणासँग प्रेम विवाह गरेकी ऋचाले भदौ अन्तिम साता छोरालाई जन्मदिएकी हुन् । केही समय घरपरिवारमै व्यस्त भए पनि आफू फिल्म अभिनय तथा निर्माणबाट टाढिन नसक्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...