चुनावसम्मै गठबन्धन : यस्तो छ एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन

Madhab kumar nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्नु पर्नेमा जोड दिएको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमा गठबन्धनको एकतामा जोड दिइएको छ । बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनाबसम्म लानुपर्ने बताएका छन् ।

‘अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ,‘ अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

एमाले अध्यक्ष केपी ओलीको गफाडी प्रवृत्तिका कारण मुलुकको राजनीतिक स्थिरता खल्बलिएको नेता नेपालको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,– ‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।’

हेर्नुहोस् अध्यक्ष नेपालको राजनीतिक प्रस्ताव 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...