निफ्राले गर्‍यो लाभांश घोषणा   

Nifra infrastructure bank 4h5g0qdbnq

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...