प्रधानमन्त्री देउवाद्धारा पौडेल सहितका शिर्ष नेतालाई बालुवाटारमा निम्तो

Deuba ram

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन् ।

बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन् । खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन् ।

‘रामचन्द्र दाई आउनुभएको छ । पार्टीको सबै विषयमा कुराकानी भइरहेको छ,’ देउवाको सचिवालयका एक सदस्यले भने । डडेल्धुरामा सभापति देउवाले एकलौटी रुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुनः निर्वाचनको माग गर्दै आएको छ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...