एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

Gold 13

काठमाडौँ ।  हप्ताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

आज सुन एकैदिन ७०० रुपैयाँले घटेको हो ।  हिजो बुधबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ७ सय रुपैयाँले घटेर ९० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो । 

सुनको मूल्यमा भारी गिरावट हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी हिजोकै मूल्य १२०० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस