आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड

241816287 612785640084498 3246203912563501571 n

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

माओवादी मुख्यालय पेरिसडाँडामा दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसमा अध्यक्ष दाहालले भने, ‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन् । जनतालाई प्रचण्ड देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई/चार सिट ल्याउँछ भन्थे ।’

पहिलो संविधानसभामा जस्तै पार्टीका पक्षमा जनलहर ल्याउन पार्टी पुनर्गठन र रुपान्तरण अभियान शुरु गरेको भन्दै दाहाले थप्नुभयो, ‘यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन् ।’

यो ८/१० वर्ष अरुलाई गाली गरेर बिताएछौं भन्दै उहाँले अब आफैंलाई गाली गर्न थालौं पनि भने । उनको भनाइ थियो, ‘मैले बिगारेँ, म सच्चिनपर्छ भन्नेबाट शुरु भयो भने यो पार्टी बन्छ । आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ ।’

आफूहरु मित्रहरूको खोजीमा रहेको भन्दै उनले अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सकेमा दुई तिहाईको सरकार बनाउन सकिने पनि उनको भनाइ थियो । वर्तमान ठतबन्धन संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूबीचको मोर्चा भएको पनि उनको भनाइ थियो ।

आफैंहरुको अगुवाईमा ल्याएको व्यवस्था भएको दावी गर्दै आउने दाहालले जठबनधन जिवित नरहे सडकमा जाने संकेत गर्दै भने, ‘यो विकृत प्रणालीलाई बदल्नको लागि हामी सडकमा जानुपर्ने पनि हुनसक्छ । हामीले संवाद, सहकार्य र सहमतिको पक्षलाई पनि जोड दिइरहेका छौं ।’

दिवंगत नेता बोगटी सरल र सहज भएको स्मरण गर्दै दाहालले भने, ‘जहाँजहाँ पार्टीलाई असजिलो प¥यो त्यहाँ उनको स्मरण हुन्थ्यो । साथीहरूका बीच बहस छलफललाई लिएर पहल गर्ने विशिष्ट चरित्र थियो उहाँमा ।’
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...