दिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने बाटो

Jhalnatha

काठमाडौं । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले नेकपा (एस) मा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने कामकारबाही नगर्न विपक्षी निर्वाचन आयोगसमेतका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा माधव नेपालको दल दर्ता निवेदनमा हस्ताक्षर नभएका झलनाथ खनालले नयाँदिल्लीबाट सनाखत गराएको र सनाखतलाई मान्यता दिएको नजिर प्रस्तुत गर्दै दल दर्ता नहुँदै निवेदनसहित पाण्डे र भट्ट आयोगमा उपस्थित भएकाले उनीहरू पनि आबद्ध हुन पाउने आदेशमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...