देउवा सरकारको अग्नी परिक्षा : आज बजेट पास होला ?

Budget pic

काठमाडौं । प्रतिनिधि सभाको जारी नवाैँ अधिवेशनकाे बैठक आज मंगलबार दिउँसाे १ बजे बस्दैछ । आजकाे बैठकमा बजेटकाे प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षकाे तयारी छ भने त्यसलाई जसरी पनि राेक्ने रणनीतिमा नेकपा (एमाले) छ ।

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएकाे थियाे । एमालेका सांसदको अवराेधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पाैडेलले १५ जेठम अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएकाे छ ।  

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो ।  २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदाै ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

मंगलबारकाे सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर एमाले हरेक बैठकमा बेल घेर्दै आएकाे छ । आइतबारकाे संसद बैठक पनि एमालेकाे अवराेधका कारण अगाडि बढ्न सकेकाे थिएन । 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तासीन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेका नेताहरू अनुपस्थित रहे । जसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

एमालेले पछिल्लो पटक दुई वटा सर्त तेस्याएको छ । एमालेले कारबाही गरेका १४ सांसदको सूचना टास गर्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रसस्त गर्नुपर्ने  । तर, कारबाही विषयको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले यसबारे संसदमा टिप्पणी गर्न नमिल्ने धारणा सभामुख सापकोटाको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...