महाधिवेशनबारे छलफल गर्न पौडेल पक्षले बोलायो आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक

Ram chandra poudel

काठमाडौं । क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहररूको बैठक बोलाएको छ ।

आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बालाइएको हो । पौडेल पक्षीय केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीको महाधिवेशन र समसामयीक विषमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा विवादकाबीच अधिवेशन भएको छ भने २० जिल्लाको सदस्यता विवाद कायमै छ । क्रियाशील सदस्यता विवादका कारण १८ भदौ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ । ५६ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ ।

डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो । आजको बैठक पनि महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि भएको नेताहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...