कांग्रेस महाधिवेसन : समावेशी समुहमा खसआर्यकै बोलवाला, प्रतिनिधि कुन समुदायबाट कति ?

Nepali congres 19

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पदाधिकारीहरुलाई भेटेर निर्वाचन निर्देशिका सच्याउन आग्रह गर्दै आएका छन् । साथै नेपाल दलित संघका नेताहरुले पार्टी कार्यालय, सानेपामा धर्नामा छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिदैछन् ।

यसपालि प्रत्यक्षतर्फ २ हजार चार सय ७५ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन्। जुन कुल महाधिवेशन प्रतिनिधिको ६० प्रतिशत हो । समानुपातिकतर्फ १ हजार ५ सय महाधिवेशन प्रतिनिधि चुनिनेछन् । जुन ४० प्रतिशत हो । समानुपातिकमा सबैभन्दा धेरै खस/आर्य समुदायबाट महाधिवेशन प्रतिनिधि ५ सय २७ जना आउनेछन् ।

समानुपातिकबाट आएका कूल महाधिवेशन प्रतिनिधिमध्ये खस/आर्यबाट ३१.९ प्रतिशत प्रतिनिधित्व हुन्छ । यस्तै आदिवासी जनजातिबाट ३०.२ प्रतिशतले हुन आउने ४ सय ९८ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । दलितबाट २ सय ३२ जना चुनिनेछन् । जुन १४.१ प्रतिशत प्रतिनिधित्व हुन्छ । मधेशी समुदायबाट २ सय २७ जना प्रतिनिधि चुनिनेछन्। यो १३.८ प्रतिशत सहभागिता हो । थारू समुदायबाट ५.७ प्रतिशतले हुन आउने ९४ जना प्रतिनिधि चुनिनेछन् । यस्तै मुस्लिम समुदायबाट ७२ जना महाधिवेशन प्रतिनिधि चुनिनछन् । जुन ४.४ प्रतिशत हुन आउँछ । 

महिला १ हजार ३ सय ४

१४औं महाधिवेशनमा महिला महाधिवेशन प्रतिनिधिको संख्या १ हजार ३ सय ४ जना हुनेछ । जुन ३१.६ प्रतिशत हो । त्यसमा पनि प्रत्यक्षतर्फ ६ सय ६० जना र समानुपातिक ६ सय ४४ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । कांग्रेसको विधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख छ । यसपालि ८ लाख ५२ हजार क्रियाशील सदस्य पुग्दा महिलाहरू २१ प्रतिशत मात्रै थिए । १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा महिलालाई ३३ प्रतिशत सुनिश्चितता गर्दा ५५ जना महिलाहरू केन्द्रीय समितिमा रहन्छन् । 

२०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा अहिले जसरी सबै समुदायबाट प्रतिनिधित्वको व्यवस्था गरिएको थिएन । अघिल्लो महाधिवेशनमा मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्तिबाट प्रतिनिधित्व भन्ने थियो । समानुपातिकतर्फ ११ जनामा दुई जना महिलासहित भनेर एक आदिवासी जनजाति, एक दलित, एक मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्ति भन्ने थियो ।

कांग्रेसले सार्वजनिक गरेको पछिल्लो कार्यतालिका अनुसार अब ५ असोजभित्र वडा अधिवेशन गरिसक्नुपर्छ । असोज ९ मा गाउँपालिका र नगरपालिका अधिवेशन, १२ असोजमा प्रदेश क्षेत्र अधिवेशन, १५ असोजमा एकमात्र संघीय निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्र र जिल्ला अधिवेशन तथा १८ असोजमा २ वटा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यसअघि (आज) २७ भदौमा गाउँ/नगर अधिवेशन तोकिएको थियो ।

वडा अधिवेशनबाट आएका क्षेत्रीय प्रतिनिधि मध्येबाट महाधिवेशन प्रतिनिधिहरू चयन हुन्छन् । केन्द्रीय सभापति, कार्यसमिति र सदस्य महाधिवेशन प्रतिनिधिमध्येबाट हुन्छन् भने महाधिवेशनका लागि पनि मतदाता  महाधिवेशन प्रतिनिधि नै हुन् ।

केन्द्रीय सभापति, पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन्, उनीहरू भने वडाबाट चुनिएर आउनु पर्दैन । आमन्त्रित केन्द्रीय सदस्य भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि चयन भएर आउनुपर्ने विधानमा व्यवस्था छ । टोलदेखि केन्द्रीय महाधिवेशनसम्म कांग्रेसले ८ तहमा अधिवेशन गर्छ । केन्द्रीय महाधिवेशन आगामी ९–१३ मंसिरमा हुने कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...