बिना निष्कर्ष टुङगियो सत्ता गठबन्धनको बैठक

Satta gathabandhan miting

काठमाडौँ । मन्त्रिपरिषद विस्तारका लागि आवश्यक निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आज पनि मन्त्रिपरिषदको विषयमा केही छलफल गर्न भने सकेन ।

मन्त्रिपरिषद विस्तारका लागि देउवाले अन्य राजनीतिक दलका नेताहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । तर हालसम्म पनि दलहरुले मन्त्रीहरुको नाम भने टुंगो लगाउन सकेका छैनन् ।

मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न बसेको गठबन्धन बैठकमा एमालेले संसद अवरुद्ध पारेको विषयमा पनि छलफल भएको छ । आजको बैठकमा गठबन्धनका नेताहरुले संसदमा प्रतिपक्षले लगातार गरिरहेको विरोध प्रदर्शन र अवरोधलाई सशक्त प्रतिकार गर्ने प्रतिबद्धता गरेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यस्तै नेकपा (एमाले) ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा हाल चार मन्त्री र एक राज्यमन्त्री छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...