एमाले स्थायी कमिटी बैठक स्थगित

Uml emale party

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि सहभागी हुने प्रतिनिधिका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेकाले साढे ३ बजेसम्मका लागि बैठक स्थगन भएको हो ।

आजै बस्ने अर्को बैठकले अधिवेशनका लागि प्रतिनिधिका बारेमा टुङ्गो लगाउने भट्टराईले बताए । “बैठकमा विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि को को छनोट गर्ने भन्ने तथा राजनीतिक, विधान प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र व्यवस्थापनलगायत विषयमाथि छलफल भयो”, उनले भने, “अब बस्ने बैठकले प्रतिनिधिको चयन गर्नाका साथै सबै प्रतिवेदनलाई पारित गर्नेछ ।” 

अघिल्लो अधिवेशनमा राष्ट्रिय परिषद् सदस्य र महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए । पार्टीको नवौँ महाविधेशनपछि परिषद् निर्वाचित नगरेको स्थायी कमिटीले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्न थालेको भट्टराईले जानकारी दिए ।

विधान अधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनवर्गीय सङ्गठनबाट प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ । 

स्थायी कमिटीले आज प्रतिनिधि र प्रतिवेदन पास गरेपछि केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ । एमालेको विधान अधिवेशन यही असोज ४ देखि ६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा भएका कतिपय कुरा संशोधन गर्नुपर्ने भएकाले संशोधन गरेर मात्र अघि बढाउनुपर्ने उनको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...