घट्यो बजेटको आकार, यस्तो छ अर्थमन्त्री शर्माले संसदमा पेश गरेको संशोधित बजेट (पूर्णपाठसहित)

241676910 257010506425180 1668854043121425188 n

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएका छन् । आर्थिक वृद्धिको लक्ष्य भने ०.५ प्रतिशत बढाइएको छ ।

अध्यादेशमार्फत ल्याएको बजेटमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले संशोधिन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन गरेका छन् ।

अर्थमन्त्री शर्माले अध्यादेशभन्दा १४ अर्ब ७४ करोड रुपैयाँले घटाएर प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । 

१६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ । पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

मन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा एक अर्ब ४२ करोड रुपैयाँ कटौती भएको छ ।

प्रदेश/स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ जाने बजेटलाई सरकारले थोरै बढाएको छ । ओली नेतृत्वको सरकारले ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेकोमा यसलाई संशोधन गरेर ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ बनाएको छ ।

सरकारले बजेटको स्रोत व्यवस्थापनतर्फ पनि हेरफेर गरेको छ । अर्थमन्त्री शर्माको बजेट वक्तव्यअनुसार राजस्वबाट १० खर्ब ५० अर्ब ८३ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । यो अघिल्लो सरकारको लक्ष्यभन्दा बढी हो । ओली सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो ।

यस्तै वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ व्यवस्थापन हुने अनुमान गरिएको छ, जुन अघिल्लो सरकारले ६३ अर्ब ३७ करोड रुपैयाँ अनुमान गरेको थियो ।

हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट

प्रतिकृया दिनुहोस