युट्युब, फेसबुकलगायतबाट आर्जित आम्दानीमा १ प्रतिशत कर

Socialmedia mn2s

काठमाडौँ । सरकारले युट्युव, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् आर्जित आम्दानीमा १ प्रतिशत कर लगाउने भएको छ ।

सामाजिक सञ्जालमा अपलोड गरिएको सामाग्रीमार्फत् प्राप्त भुक्तानीमा बैंकमार्फत् स्वतः १ प्रतिशत कर काट्ने भएको हो ।

आज अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थान विधेयकमार्फत् बजेट प्रस्तुत गर्दै १ प्रतिशत कर काट्ने उल्लेख गरेका हुन् ।

एमाले सांसदहरुको नारावाजीबीच प्रस्तुत बजेट पेश समेत गरेका छन् । उनले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।

 

 

 

प्रतिकृया दिनुहोस