राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

Nepali football team

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली आज शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली  कतार एयरलाइन्सको जहाजमा कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले बिहीबार नै टोलीलाई बिदाइ गरेको थियो ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टोली कतारमा प्रशिक्षण गर्ने छन् ।

नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ । नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छन् ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

     

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...