तिजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्छ : राष्ट्रपति भण्डारी

Bidyadevi vandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजमा भड्किलो  र खर्चिलोपन हटाउँदै जानुपर्ने बताएकी छन् ।

हरितालिका तिज २०७८ का अवसरमा  शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएकी हुन् । तिजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्धत पुर्‍याउने उनको विश्वास छ ।

तिजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी उनले कामना गरेकी छन् भने जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि भनेकी छन् ।

तिज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तृतीयाका दिन शिव÷पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहँदैआएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...