पपुवा न्युगिनीविरुद्ध नेपालको जित

Gyanendra  pp

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र सोमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेको अवस्थामा रोहित पौडेलले र सोमपाल कामीले ५२ रनको साझेदारी गरे ।

बलिङतर्फ पीएनजीका गौडी टोकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद सोपरले दुई–दुई विकेट लिए । यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । 

नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...