रामप्रसादले श्रीमती र सालीलाई केन्द्रीय सदस्य बनाउदा वाइसीएल ध्वस्त पारेकाे आरोप !

जीवनसंगिनी र सालीलाई समेत केन्द्रीय सदस्य बनाएर अरु फरक मत राख्ने इमानदार कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य हुन नदिएको आरोप

Ycl

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भदौ १२ र १३ गतेसम्मको लागि तोकिएको भेला वाइसीएलको नेतृत्व कसले लिने भन्ने विषयमा विवाद भएपछि दुई दिन लम्बिएको थियो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै भर्चुअल विधिबाट ‘उत्पादन, स्वरोजगार आत्मनिर्भरताका लागि समाजवादको बाटो रोजौं’ भन्ने मूल नाराका साथ उक्त भेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शुरु भएको थियो । सातै वटा प्रदेशमा छुट्टाछुट्टै भेला राखी भर्चुअलको माध्यमबाट राष्ट्रिय भेला जसरी उत्साहका साथ शुरु भयो त्यसको समापन भने निराशाजनक हुन पुग्यो ।

खासगरी नेतृत्व चयनको विषयमा सहमति जुट्न नसक्दा भेला दुईदिन लम्बिएको हो । तथापि भेलाले नेतृत्व चयन गर्न भने सकेन । २३१ जना केन्द्रीय सदस्य चयन गरेर तिनै केन्द्रीय सदस्य र प्रचण्डसहितको बैठकबाट नेतृत्व चयन गर्ने निर्णयसहित भेला समापान भयो । तर आम जनमानसमा वाइसिएलले एउटा नेतृत्वसमेत चयन गर्न नसकेको सन्देश गएको छ ।

वाइसिएल अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध शेर्पालीको अन्तिमसम्म दावेदारी थियो । शेर्पालीलाई उपाध्यक्ष बनाएर देवकोटालाई अध्यक्ष बनाउन खोजिएको बताइन्छ । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि वाइसिएलको सवाल माओवादी केन्द्रको स्थायी समिति बैठकसम्म पुग्यो । बैठकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र पौडेलबाहेक सबै स्थायी समिति सदस्य शेर्पालीको पक्षमा उभिएको एक स्थायी समिति सदस्यले जानकारी दिए । तथापि स्थायी कमिटीबाट यसबारे कुनै निर्णय भने भएन ।

स्रोतका अनुसार देवकोटालाई अध्यक्ष बनाउन निवर्तमान अध्यक्ष एवम् फ्र्याक्सन ईञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखा र अर्का उपाध्यक्ष बिरु तामाङ सुदिप लगायतका केही नेता लागिपरेका थिए । तर, भेलामा सहभागी बढी कार्यकर्ता शेर्पालीको पक्षमा देखिएपछि सर्वसम्मत प्रयासका नाममा पार्टी नेतृत्वलाई जिम्मा लगाइएको बताइन्छ ।

दिपशिखा र शेर्पालीबीच कार्यकालभर राम्रो सम्बन्ध रहेपनि रुपा सुनुवार प्रकरणदेखि मनमुटाव शुरु भएको र आँखा चिम्लिएर जातीयताका कुरामा मात्रै जोड दिइएको कारण शेर्पालीलाई नेतृत्वमा जानबाट रोक्न खोजिएको वाइसिएल वृत्तमा चर्चा छ । दिपशिखाले संगठनको तर्फबाट निकालेको वक्तव्य सामाजिक सञ्जालमा शेयर गरेर लगत्तै डिलिट गरेपछि सोही विषयलाई लिएर दुई युवा नेताबीच विवाद शुरु भएको वाइसिएल नेताहरु बताउँछन् ।

एकजना नवनिर्वाचित केन्द्रीय सदस्यले बताए,‘एमाले छिन्नभिन्न हुनुको मूल कारण ओली हो, त्यसैगरी वाइसिएलभित्र पनि दाइ प्रवृत्तिले संगठन ध्वस्त बनाउन खोजेको छ ।’

जीवनसंगिनी र सालीलाई समेत केन्द्रीय सदस्य बनाएर अरु फरक मत राख्ने इमानदार कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य हुन नदिएको आरोप लगाउनेहरु पनि छन् । प्रचण्डपुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालको च्वाइसमा देवकोटा परेपछि शेर्पालीलाई रोक्न अनेक प्रयास भएको माओवादी केन्द्रका एक नेताले बताएका छन् । जन आस्थाबाट साभार !

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...