सेयर बजारमा भारी गिरावट, एकै दिन १०८.२६ ले घट्यो

Share market down

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ। आइतबार शेयर बजार १०८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

आइतबार ३.७० प्रतिशतले घट्दा २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लिएको हो। कारोबार सुरु भएको दुई घण्टामा नेप्से १ सय ४७.३१ अंकले घटेको थियो भने नेप्से २ हजार ७ सय ७९.६८ विन्दुमा झरेको थियो। नेप्से ५ प्रतिशत भन्दा बढीले घटेको थियो।

नेप्से ५ प्रतिशतभन्दा बढीले घटेपछि आइतबार अपरान्ह ४० मिनेट कारोबार बन्द भएको थियो। राष्ट्र बैंकले शेयर कर्जामा कडाइ गरेपछि साताको पहिलो दिन आइतबार कारोबार घटेको छ।

आइतबार सबै समूह घटेका छन्। सबैभन्दा बढी निर्जीवन बीमा समूह ५१९.४६ र जीवन बीमा समूह ५११.७८ अंकले घटेका छन्।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...