देउवा‚ प्रचण्ड र नेपालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल, अझैं भएन सहमति

Deuba prachanda madhab

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित नरहेको स्वकीय सचिव देउवाले बताए । सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषदबारे टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई टुंग्याउन जिम्मेवारी दिइएको छ ।  

सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन । जसका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन्। यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री कार्यरत छन् ।

छलफलमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने विषयमा गम्भीर विचारविमर्श भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...