आखिर किन अचानक एमाले त्यागे वामदेव गौतमले ?

Bamdev gautam

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

गौतमले केही दिनअघि मात्रै पनि माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) सँगको सम्बन्ध पनि क्लोज भएको बताएका थिए ।

तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गरेका थिए । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली रवबरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो । तर पछि जनताको बहुदलीय जनवाद (जबज)  नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा जाने बाटो बन्द भएको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस