फिल्म छायांकनका लागि अमिताभ बच्चन नेपाल आउँदै

Amitav bachan

काठमाडौं । नेपालमा बेलाबेला हलिउड-बलिउड फिल्मकाे छायांकन भइरहेकाे हुन्छ । पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म 'एभरेष्ट' हो ।

त्यसअघि बलिउड फिल्म 'बेबी' र हलिउड फिल्म 'डाक्टर स्ट्रेन्ज'लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियाे । नेपालमा 'वेब सिरिज'को छायांकन हुने क्रम पनि बढ्दो छ ।

यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी 'उचाईँ' फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् ।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् ।

कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...