मोडल निशा घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

Nisha ghimire

काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको अन्त्योष्टि गरिएको छ । घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा १ घण्टा राखिएको थियो ।

उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी, गोपाल ढकाल ‘छन्दे’, जीवन थापा, उद्धव भट्टराईलगायत पुगेका थिए ।

नर्भिक अस्पतालमा उपचाररत निशाको बुधबार साँझ ६ : ५१ बजे मृत्यु भएको थियो । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । काठमाडौँमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो ।

तर, उनको अवस्थामा सुधार हुन सकेको थिएन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थिइन ।

केही समयदेखि अचेत अवस्थामा घरमै रहेकी उनको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएकी थिइन्। बुधबार मात्रै नर्भिक अस्पतालले पत्रकार सम्मेलन मार्फत निशाको स्वास्थ्य अवस्थामा सुधार नभएको जानकारी दिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...