प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

P.de.  dau

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटामा भेटवार्ता भएको हो । उनीहरुको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बताइएको छ ।

देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।

खासगरी सत्ता गठबन्धनका दलहरूमा यो भेटले खैलाबैला नै मच्चाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीलाइ भेट्न कार्कीलाई दूत बनाएर पठाएका हुन् ।

देउवाले ओलीसँग सम्बन्ध बिस्तार गर्न खोजेको थाहा पाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू भने सशंकित बनेका छन् ।

 

प्रतिकृया दिनुहोस