विभाजनको संघारमा विवेकशील साझा : एक अर्कालाई कारबाहीसम्मको तयारी

Rabindra milan

काठमाडौँ । वैकल्पिक शक्तिको रूपमा उदाएको विवेकशील साझा पार्टी केन्द्रीय समिति बैठक आज अलग–अलग बस्दै छ ।

अध्यक्ष रवीन्द्र मिश्रले एकल रुपमा बैठक आह्वान गरेपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवादमा परेको विवेकशील साझा विभाजनको संघारमा पुगेको हो ।

अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ ।

आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी राखेको बुझिएको छ । मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ ।

यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ । तर विवेकशील साझाको विधान अनुसार मिश्र र पाण्डेले बोलाएको दुवै बैठक अवैधानिक छ ।
प्रवक्ता पाठकले भने अध्यक्षले बोलाएको बैठक वैधानिक हुने बताए । उनका अनुसार बैठकको वैधानिकताबारे निर्वाचन आयोग र कानुनविद्सँग सरसल्लाह गरिएको छ ।

उनले भने, ‘पार्टीमा गतिरोध उत्पन्न भएको अवस्थामा त्यसलाई फुकाउन कार्यकारी अध्यक्षले बोलाएको बैठक वैधानिक हो ।’ दाहालका अनुसार अध्यक्ष मिश्रले पाण्डे समूहले अगाडि सारेका ११ एजेण्डा अस्वीकार गरेपछि छुट्टाछुट्टै बैठक बस्ने अवस्था आएको छ । मिश्रले सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहका सन्दर्भमा केन्द्रीय कमिटी बैठक निर्णय लिनु खोजेपछि विवाद थप चर्किएको देखिन्छ ।

गत वर्ष २४ मंसिरमा विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो ।

सो पार्टी दोस्रो पटक विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २७ पुस २०७५ मा विभाजित भएको थियो । पहिलो पटक ३ साउन २०७४ मा पहिलो पटक एकीकरण भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...