एमालेलाई सुनील थापाको काउन्टर जवाफ : स्वास्थ्य सामाग्री ल्याउँदा सरकारको १ पैसा परेको प्रमाणित गरेर देखाओस्

Sunil thapa press meet dkt 13

धनकुटा । स्व. सूर्यबहादुर थापा फाउण्डेसनमार्फन झण्डै डेढ महिनाअघि धनकुटामा आएको स्वास्थ्य सामाग्रीको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच द्धन्द्ध मच्चिएको छ ।

नेकपा एमाले धनकुटाले स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थ्य सामाग्रीलाई फाण्डेसनको लोगो र कांग्रेसको झण्डा प्रयोग गरिएको भन्दै विरोध गर्दै आएको छ । साथै शनिबार पत्रकार सम्मेलन गरेको एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले थापाले स्वास्थ्य सामाग्रीको स्रोत देखाउनुपर्ने र नदेखाए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

एमाले अध्यक्ष राईले पत्रकार सम्मेलन गरेको एक दिनपछि नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सुनीलबहादुर थापाले धनकुटामा पत्रकार सम्मेलन गर्दै स्व. सूर्यबहादुर थापा फाउण्डेसनबाट विभिन्न सहयोगी संस्थाहरुमा सहयोग मागेर ल्याइएको स्वास्थ्य सामाग्रीमा सरकारको ए पैसा पनि खर्च नलागेको बताए ।

‘धनकुटा ल्याइएको सामाग्रीमा स्वास्थ्य मन्त्रालय र नेपाल सरकारको एक रुपैयाँ त के, एक पैसा पनि खर्च भएको छैन, त्यो प्रमाणित गरेर देखाउन म एमालेलाई चुनौती दिन चाहन्छु’ थापाले भने, ‘त्यो प्रमाणित भए म जस्तोसुकै कारवाही भोग्न पनि तयार छु । एमाले प्रमाणित गर्न नसके एमालेले धनकुटेली जनतासमक्ष आम माफी माग्नुपर्छ ।’

पत्रकार सम्मेलनको क्रममा सहमहामन्त्री थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट माग गरि ल्याएको सामाग्री धनकुटावासीलाई कोरोनाबाट बचाउन कोरोना विरुद्धको खोप र विभिन्न स्वास्थ्य सामाग्री धनकुटा अस्पताल र जिल्लाका सबै स्वाथ्य संस्थाहरुमा वितरण गरिसकेको बताए ।

फाउण्डेसनको पहलमा झण्डै ढेड महिनाअघि नै काठमाडौंका विभिन्न व्यवसायी, उद्योगी, सांसद लगायतका विभिन्न व्यक्तिहरुसँग सहगोग जुटाएर स्वाथ्इ सामाग्री खरिद गरी धनकुटा ल्याएको थियो । उक्त सामाग्रीहरु धनकुटाको प्यासिफिक होटलमा राखिएको थियो ।

तर, नेकपा एमाले धनकुटाले सो सबै सामाग्रीहरु स्वास्थ्य मनत्रालयले दिएको र सो सामाग्रीहरुमा कांग्रेसको झण्डाको छाप राखिएको भन्दै विरोध प्रदर्शन गरेको थियो ।

धनकुटेली जनतालाई लक्षित गरि ल्याईएको स्वास्थ्य सामाग्रीलाई लिएर नेकपा एमाले धनकुटाले यर्थाथ कुरालाई बंग्याउदै तथ्यहीन ढंगले आरोप लगाई अर्नगल प्रचार गरिरहेको प्रति नेपाली कांग्रेस धनकुटाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको थापाले बताए ।

आजको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा प्यासिफिक होटलमा राखिएको स्वास्थ्य सामाग्रीको विषयलाई लिएर तथ्य र यर्थाथ कुरालाई बंग्याई अतिरञ्जित ढंगले कपोकल्पित किसिमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ल्याएको भनि झुटो प्रचार गरि भ्रम सिर्जना गर्दै नेपाली कांग्रेस धनकुटा र पार्टीका सह(महामन्त्री थापाको बदनाम गर्ने कोशिस गरिरहेको प्रति घोर आपति जनाउदै खेद व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस