एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन

Madhav nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष नेपाललाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । नेपाललाई संसदीय दलको नेताको रूपमा स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले प्रस्ताव गरेका थिए ।

यस्तै, बैठकले राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरू, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी रहेको सांसद खतिवडाले बताए। यस्तै,

बैठकले मन्त्री छान्ने जिम्मा संसदीय दलको नेता नेपाललाई दिएको विरोध खतिवडाले बताए ।आफ्नो समूह छाडेर मुख्यमन्त्री बनेका प्रदेश १ का भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार उनीहरूको भूमिकामा निर्भर रहेन उनले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस