एमाले धनकुटा भन्छ : थापाले स्वास्थ्य सामाग्रीको स्रोत देखाउनुपर्छ, नत्र...

Uml dkt 12

धनकुटा । नेकपा एमाले धनकुटाले करिव १ महिना देखि होटलमा थन्काएर राखिएको कोभिड स्वास्थ्य सामाग्रीको स्रोत देखाउन कांग्रेस सह–महामन्त्री सुनिलबहादुर थापालाई चुनौति दिएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर जारी गरेको बिज्ञप्तीमा उक्त स्वास्थ्य सामाग्रीहरु कुनै दलबाट नभएर नेपाल सरकारको मातहतबाट बितरण गरिनुपर्ने माग गरेको छ ।

एमालेले धनकुटामा शनिबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको लेटर प्याडमा माग गरेर मन्त्रालयबाट सामाग्री स्वीकृत गरेको पत्र समेत सार्वजनिक गरेको छ ।

उक्त स्वास्थ्य सामाग्रीहरु संस्थागत नै वितरण गरिने भएपनि दलको चिन्ह प्रयोग गर्नु संबिधान तथा नीति बिपरित भएको एमाले धनकुटाको ठहर छ । उक्त सामाग्रीको बिषयमा थापाले यसअघि नै आफ्नो संस्थाले निजी रुपमा खरिद गरेको जानकारी दिइसकेका छन् ।

थापाले भने सबै सामाग्रीहरु व्यक्तिगत रुपमखा संकलन गरेर ल्याएको बताउँदै आएका छन् । ती सामाग्रीहरु थापाले ११ शुक्रबार जिल्ला अस्पताल धनकुटा र जनस्वास्थ्य कार्यालयलाई बुझाएका छन् ।

तर थापाले सूर्यबहादुर थापा ट्रष्टमार्फत् कांग्रेस पार्टीको लोगो टाँसेर बाँड्नका लागि होटल प्यासिफिक ३ धनकुटामा भण्डारण गरेर राखेको सामाग्रीरु पनि मन्त्रालयकै रहेको एमालेको ठहर छ ।

प्रतिकृया दिनुहोस