नेपालको गुनासो : दोस्रो पुस्ताले ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन’

Madhav nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्ने शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई धोका दिएको आशय व्यक्त गरे । उनले भनेका छन्, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’

पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा अध्यक्ष नेपालले आजै पार्टी फुटाऔं, भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिर्वतन भएको देख्दा अचम्म लागेको बताए ।

नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरुले यसअघि नै दुईवटा पार्टी दर्ताको प्रयास गरेको दाबी गरे । अध्यक्ष नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतान्त्रीक पार्टी पनि दोश्रो पुस्ताले खोलेको दाबी गरेका हुन् ।

केपी ओलीको प्रवृतिविरुद्ध कुनै नयाँ पार्टी गठन गरौँ भन्दै दोश्रो पुस्ताका नेताहरुले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उनको भनाइ छ । उनले यसअघि नयाँ पार्टी खोलौँ भन्ने नेताहरुले नै आफूहरुको पार्टीको विरोध गरेको आरोप लगाए । अध्यक्ष नेपालले दोश्रो पुस्ता आफ्नो पार्टी आए आफू अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पारे ।

फरक प्रसंगमा उनले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति विकास कोषको सदस्य सचिव बनाउन आफूले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख गरे । अध्यक्ष नेपालले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म बलियो बनाउँदै मुलुकको अग्रगमको पक्षमा काम गर्ने उल्लेख गरे ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएपछि आफूहरु विद्रोही आवाजका साथ एमालेमै बस्न चाहेको नेता नेपालले सुनाए । त्यसबेला आफूलाई दोस्रो पुस्ताका नेताहरुले ‘आजै पार्टी घोषणा गरौं, भोलि नै पार्टी घोषणा गरौं’ भनेर दबाव दिने गरेको नेता नेपालले सम्झिए ।

नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’

‘केपी ओली प्रतिगमनका बाहक हुन्, दक्षिणपन्थी भासमा भासिएका छन् । विदेशीसामू लम्पसार परेका छन् । त्यसैले जसरी पनि फाल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरु भन्थे’ उनले भने, ‘तयार नभएका शेरबहादुर देउवालाई तयार गर्न साथीहरु जानुभएको थियो । माओवादीहरुलाई एक ठाउँमा ल्याउन भूमिका खेल्नुभयो । उपेद्र यादवलाई त्यो विश्वास दिलाउनु भएको थियो ।’

याँ पार्टी गठनमा आफूलाई साथ नदिएका दोस्रो तहका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई घचेटेर अगाडि बढ भन्ने, पछाडि हेर्छु त कोही पनि छैन ।’ जिल्ला जिल्लाका कार्यकर्ताको उर्जा देखेको आफूले २०३२ सालको विद्रोह सम्झिएर अगाडि बढेको नेता नेपालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...