एमाले अध्यक्ष ओलीले माधव नेपाललाई कुलाङ्गारको संज्ञा दिएपछि...

Kp sharma oli

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महासागरजत्रो पार्टी भएको बताएका छन् । उनले एमालेसँग कोही लड्न नसक्ने भन्दै जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी भएको बताए ।

अध्यक्ष ओलीले माधव नेपाललाई ‘कुलङ्गार नेता’को संज्ञा दिए । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको बताए ।

नव गठित नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने ‘रुखबाट केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन । पालुवाहरु पलाइरहेका छन् ।’

उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए । माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन । एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन । अर्को टुसो आउँछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...