यस्तो छ माधव नेपालको पार्टी विधान : १७ सदस्यीय पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति

(विधानको पूर्ण पाठसहित)

Madhav nepal 8

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई महत्त्वका साथ समेट्ने भएको छ । सो पार्टीको विधानमा ४० वर्ष मुनिका युवाहरूलाई ‘महत्त्वपूर्ण हिस्सा’ भन्दै उनीहरूलाई समेट्ने प्रयास गरेको हो ।


‘हरेक पार्टी कमिटीको एउटा महत्त्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिने छ । यस पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि उत्पादन सङ्घर्ष र वर्ग सङ्घर्षमा सामेल हुँदै विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका खेल्ने छन्’, नेकपा (एकीकृत समाजवादी) ले आफ्नो विधानमा भनेको छ, ‘उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन् ।’

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको विधान सो पार्टीले पारित गरेको छ ।

राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको व्यवस्था गरेको छ ।

साथै सो पार्टीको विधानअनुसार १७ जना केन्द्रीय पदाधिकारी रहने भएका छन् भने १ सय ५१ केन्द्रीय कमिटी रहने भएको छ । पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

 । 

 

 

प्रतिकृया दिनुहोस