१० बुँदे प्रस्ताव कार्यान्वयन एमालेका तेस्रो धारका नेताहरुको जोड (संयुक्त वक्तव्यसहित)

Surendra pandey gokarna bista and yogesh bhattarai

काठमाडौं । एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् ।

नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा आयोजित भेलाले सो निष्कर्ष निकालेको हो । सो भेलामाल केन्द्रीय सदस्य र सांसदहरुको छलफल यस्तो निष्कर्षमा पुगेको नेता गोकर्ण बिष्टले जानकारी दिए ।

एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली पनि लचक र जिम्मेवार हुनुपर्ने उनीहरुको भनाइ छ । दल विभाजन गर्ने अध्यादेशले नेपालको संविधानलाई खिल्ली उडाउने काम गरेको भन्दै पार्टीलाई एकतावद्ध पार्ने प्रयत्न जारी राख्ने निर्णय भएको छ ।

वक्तव्यमा भनिएको छः ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने जनाउँदै संयुक्त वक्तव्यमा भनिएको छः ‘त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ ।’
भेलामा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता रहेको जनाइएको छ । संयुक्त वक्तव्यमा एमाले तेश्रो धारका ९ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।

यस्तो छ संयुक्त वक्तव्य : 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...