बालकोटले वास्ता नगर्दा एमालेमा खडा भयो तेस्रो धार, नवनियुक्त मुख्यमन्त्री शाक्य पनि तेस्रो धारमै

Surendra pandey gokarna bista and yogesh bhattarai

काठमाडौं । औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि तेस्रो धारको जन्म भएको छ । तेस्रो धारका ९ जना नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् ।

उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णयसमेत गरेका छन् । नेकपा एमालेका ९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् ।

यस्तो निष्कर्षसहित विहीबार राति संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

दुबै पक्षका कार्यदलका नेताहरुले सिफारिस गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सकेको भए त्यो एकताको बलियो आधार रहेको दाबी नेताहरुले गरेका छन् ।

माधव नेपाल पक्षका १४ सांसदलाई पार्टीबाट निष्काशन गरिएपछि निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ताको तयारी हुँदै गर्दा केपी ओली पक्षका युवा नेता शंकर पोखरेलले अध्यक्ष केपी ओलीसँग वार्ता गरेका थिए ।

नेपाल पक्षलाई कारबाही गरेर अगाडि जाने भन्दा पनि दुई अध्यक्षतात्मक प्रणालीमा गएर १० बुँदेलाई कार्यान्वयन गरौं र एकताको वातावरण बनाऔं भन्ने प्रस्ताव पोखरेलले ओलीसँग राखेका थिए । तर, ओलीले पोखरेलको प्रस्ताव मान्न नसकिने बताएका थिए ।

९ नेताद्वारा जारी बिहीबार साँ जारील संयुक्त वक्तव्यमा भनिएको छ,‘त्यो सिफारिस एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरुले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो ।

एमाले नेताहरुद्वारा जारी विज्ञप्तिमा देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र संकट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक अनिश्चयको दलदलमा फस्ने भन्न्दै अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ ।

त्यसैगरी, नेताहरुले माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारवाही तत्काल फिर्ता लिन माग गरेका छन् । साथै पार्टी विभाजनले कसैको पनि हित नगर्ने भन्दै अलग पार्टी दर्ताको प्रक्रियालाई पनि तत्काल रोकी एकता प्रक्रियामा सहभागी हुन माधव नेपाल पक्षलाई समेत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...