कांग्रेसले मंसिर ९ गते केन्द्रीय महाधिवेशन गर्ने, यस्तो छ कार्यतालिका

Nepali congress cc meeting

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ ।

क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो । पार्टी विधान र संविधानअनुसार महाधिवेशन गर्नुपर्ने समय कांग्रेसले गुजारिसकेको छ ।

यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ ।

२४ फागुन २०७२ मा ४ वर्षका लागि वर्तमान कार्यसमितिको नेतृत्व गर्दै सभापतिमा देउवा निर्वाचित बनेका थिए । कांग्रेसको विधानअनुसार २४ फागुन २०७६ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो ।

यद्यपि, विधानको सुविधा प्रयोग गर्दै धारा ४३ अनुसार केन्द्रीय समितिको म्याद २४ फागुन २०७७ सम्म एक वर्ष थप गरिएको थियो । सो समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको थियो । सो मितिसमेत आगामी २३ भदौसम्म मात्रै हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...