माओवादी केन्द्रीय कमिटी बैठक सुरु, पार्टीको नाम फेर्नेदेखि राष्ट्रिय सम्मेलनसहितका एजेण्डा

233545607 3015938585310316 5410426061616887783 n

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको हो। 

शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। शनिवार बस्ने केन्द्रीय कमिटी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुँदैछ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने एजेण्डा रहेको जानकारी दिएका छन्। 

आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा माओवादीले विधानमाथि पनि छलफल गर्ने एजेण्डा तय गरेको छ। आगामी मंसिरमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीको यो केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ।

यो बैठकबाट दलको विधान र राजनीतिक प्रतिवेदन पारित गर्ने योजना प्रचण्डले बनाएका छन्। माओवादीले १ सय ८७ जना केन्द्रीय सदस्यहरुलाई मैदानमा पठाउने योजना बनाएको छ।

यो बैठकबाट पार्टी विस्तार अभियान व्यापक बनाउने योजना छ। पार्टी संगठनलाई वडासम्म विस्तार गर्ने रणनीति पनि यो बैठकले बनाउनेछ। त्यसका लागि प्रचण्डको संगठनात्मक कार्य विभाजनसहितको प्रतिवेदन पेश हुँदैछ। माओवादीले अब २ सय १५ सदस्यीय केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ। 

यही बैठकका विधानमा उल्लेख भए अनुसार केन्द्रीय सदस्यको संख्या थपिन सक्नेछ। यही बैठकबाट माओवादीले आफ्नो नाम परिवर्तन गरेर नेपाल कम्युनिष्ट पार्टी या यस्तै अर्को नाम राख्ने तयारी गरेको छ।

स्थानीय तहदेखि केन्द्रसम्मको पार्टी संरचना सक्रिय बनाउने गरी प्रचण्डले सांगठनिक र राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।  तत्काल एमालेको माधवकुमार नेपालसहित अन्य शक्तिसँग एकता सम्भव नभएपछि माओवादीले अहिलेकै अवस्थामा संगठनलाई बलियो बनाएर जाने तयारी गरेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...