माओवादी नेता कार्कीको पहलमा बन्यो सहिद परिवारलाई घर

मेचीनगर भित्र ३ लाख ४५ हजारको दरले २० वटा घर बनेका छन्।

Shibu dai news

१० वर्षे जनयुद्धमा सहादत प्राप्त गर्ने सहिद गणेश लम्सालको परिवारलाई नेकपा माओवादी (केन्द्र) ले घर बनाएर हस्तान्तरण गरेको छ । लम्सालको जनयुद्धका क्रममा जनमुक्ति सेना र तात्कालिन शाही सेनासँगको दोहोर भिडन्तमा परी २०६१ साल फागुन २ गते मोरङ्गको जातेमा सहादत भएको थियो।

तात्कालिन अर्जुनधारा गाविस वडा नम्बर ५ रातेखालका सहिद लम्सालको परिवारलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय नेता, पुर्व सूचना तथा संचार मन्त्री तथा झापा क्षेत्र नम्बर १ का संघीय सांसद राम कार्कीको पहलमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो । घर निर्माणमा करिब ६ लाख रकम खर्च भएको छ । जसमा संघीय सांसद कार्कीको सांसद विकास कोषअन्तर्गत रहेको ‘आवाज विहीनका लागि आवास’ कार्यक्रममार्फत ३ लाख ४५ हजार रकम उपलब्ध भएको थियो । बाँकी रकम पार्टीका कार्यकर्ताबाट श्रमदान तथा सहयोगबाट जुटाइएको हो । राम कार्की संयोजक रहेको यस कार्यक्रमबाट मेचीनगर भित्र ३ लाख ४५ हजारको दरले २० वटा घर बनेका छन्। नेता राम कार्कीकै पहलमा हप्ता दिन अगाडी झापा आन्दोलनका योद्धा सानो दुर्गा अधिकारीको पनि घर निर्माण गरि हस्तान्तरण गरिएको थियो ।

स्वर्गीय लम्सालकी श्रीमती मैया लम्साललाई उनी बस्दै आएकोे मेचीनगर ११ धाइजन स्थित बाँनिया गाउँमा तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेकपा माओवादी (केन्द्र) का जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी ‘संजोग’ तथा पार्टीका नगर संयोजक पुष्प गुरागाईंलगायतको उपस्थितिमा निर्माण सम्पन्न भएको घर शहिद परिवारसमक्ष हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रम कार्यक्रममा पार्टी जिल्ला सदस्य शिवु बुढाथोकी, केन्द्रीय सल्लाहकार सदस्य मुकुलचन्द्र राजवंशी, नगर संयोजन समिति सदस्य राजु दाहाल, ज्ञानेन्द्र घिमिरे, राजेन्द्र चिमोरिया, वाइसीएल वडा अध्यक्ष दिपक राई, वडा नम्बर १० का अध्यक्ष कृष्णकौशल सिटौला, वडा सह–इन्चार्ज कबिलाल मेचे, पार्टीका वडा इन्चार्ज शान्तिराम चिमोरिया तथा पार्टीका वडा अध्यक्ष रामकुमार रिजाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...