लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ

Kul bd kc

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन् ।

प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो ।

प्रतिकृया दिनुहोस